गगनले महाधिवेशनको बन्दसत्रमा पेस गरे ४६ पृष्ठको राजनीतिक प्रतिवेदन

काठमाडौं, असोज १९ गते ।

नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत बन्दसत्र जारी छ । सोमबार दिउँसो सुरु भएको बन्दसत्रमा सभापति गगन थापाले आफ्नो राजनीतिक प्रतिवेदन पेस गरेका छन् ।

४६ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पाससमेत भइसकेको छ ।प्रस्तुत भएको राजनीतिक प्रतिवेदनमा चार वर्षको नेतृत्व र आगामी कार्यदिशा शिर्षकमा सभापति थापाले नयाँ नेतृत्वले निर्वाह गर्नुपर्ने राजनीतिक, वैचारिक र संगठनात्मक जिम्मेवारी पनि यही महाधिवेशनले स्पष्ट गर्नुपर्ने उल्लेख गरेका छन् ।

आगामी दशकको राष्ट्रिय आकांक्षालाई चार वर्षको नेतृत्वको जिम्मेवारीसँग जोड्ने मार्गदर्शक आधारका रूपमा प्रतिवेदन लेखिएको छ । थापाले बन्दसत्रलाई सम्बोधन गरिरहेका छन् । न्यूज कारखाना

https://drive.google.com/file/d/1OBOGvuVRqHoN7vHfdTYCBE9nviaMJ6ne/view


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको