बिदाइ खेलमा मेसीको गोल, अर्जेन्टिनाको जित

काठमाडौं, असोज २१ गते ।

लियोनल मेसीले अर्जेन्टिनाको राष्ट्रिय टोलीका लागि आफ्नो बिदाइ खेलमा गोल गरेका छन् र अर्जेन्टिना विजयी भएको छ ।

बुधबार बिहान अर्जेन्टिनाको घरेलु मैदानमा भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले बेनिनलाई ३–० ले हराउँदा कप्तान मेसीले एक गोल गरे । निकोलस ओटामेन्डी र निको पाजले १–१ गोल गरे ।

खेलको ४८औं मिनेटमा निकोलस ‌ओटामेन्डीले गोल गर्दै अग्रता दिलाएका थिए । ६१औं मिनेटमा निको पाजले गोल थपे ।

कप्तान मेसीले ७१औं मिनेटमा पेनाल्टीमार्फत् गोल गर्दै ३ण्० को जित पक्का गरे ।

मेसीले गत महिना अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको