सात जिल्लामा भारी वर्षा

काठमाडौं, असोज २१ गते ।

पछिल्लो २४ घण्टामा खर्घाखाँचीमा सबैभन्दा धेरै वर्षा भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार समाचार तयार पार्दासम्म अर्घाखाँचीमा धेरै भारी वर्षा भएको छ । अर्घाखाँचीको सिमलपानीमा १००।४ मिलिमिटर वर्षा भएको छ ।

२४ घण्टाको अवधिमा १०० देखि २०० मिलिमिटर वर्षा हुनु धेरै भारी वर्षा हो भने २०० मिलिमिटर भन्दा धेरै वर्षा हुनुलाई अति भारी वर्षा मानिन्छ । यस्तै, ५० देखि १०० मिलिमिटर वर्षा हुनुलाई भारी वर्षा भएको मानिन्छ । १० देखि ५० मिलिमिटर वर्षा मापन भयो भने मध्यम वर्षा भनिन्छ ।

चितवन, रोल्पा, बर्दिया, कैलाली, बाँके, कास्की र गोरखामा पनि भारी वर्षा भएको छ । महाशाखाका अनुसार चितवनको गोविन्द बस्तीमा ८३, नारायणीमा ५६, रोल्पामा ७७, बर्दियाको औरही खोलाको केन्द्रमा ७१.२, दौलतपुरमा ६३।८, कैलालीको धनगढी विमानस्थलमा ६४.४, कास्कीको मालेपाटनमा ६७, पोखरा मापन केन्द्रमा ५३, बाँकेको खजुरामा ५८.४ र गोरखा ५२ मिलिमिटर वर्षा भएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको