कांग्रेस सभापति पदबाट किशोरसिंहले उम्मेदवारी फिर्ता लिए

काठमाडौं, असोज २१ गते ।

नेपाली कांग्रेसको सभापतिमा गगन थापा निर्विरोध हुने भएका छन् ।

जारी १५औं महाधिवेशनअन्तर्गत उम्मेदवारी फिर्ता लिने अन्तिम समयमा सभापतिमा उम्मेदवारी दिएका किशोरसिंह राठौरले उम्मेदवारी फिर्ता लिएका हुन् । उनले सभापतिमा गगनलाई समर्थन गरेका छन् ।

मंगलबार सभापति पदमा उम्मेदवारी दिएका राठौरले बुधबार राष्ट्रिय सभाको भवनमा पत्रकार सम्मेलन गरेर उम्मेदवारी फिर्ता लिएका हुन्। उनले पार्टी संकटको अवस्थामा रहेकाले मिलेर जान सभापति थापाले प्रस्ताव गरेपछि आफूले उम्मेदवारी फिर्ता लिएको बताएका छन् ।

यस्तै, सभापतिका अर्का उम्मेदवार खड्गीले पनि आफ्नो उम्मेदवारी कायम नरहने बताउन थालेका छन् । न्यूज कारखाना


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको