ब्राउन सुगरसहित दुई जना पक्राउ

काठमाडौं, कार्तिक १० गते ।

काठमाडौंको एक गेस्ट हाउसबाट ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पाँचथरको फालेलुङ–५ का ४२ वर्षीय सुन्दर राई र ४२ वर्षीया रविना राई रहेका छन् ।

सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाका अनुसार काठमाडौं महानगरपालिका (३२ स्थित विश्राम गेस्ट हाउसबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

गए राति सशस्त्र प्रहरीको टोलीले उनीहरूको साथबाट १ सय २० ग्राम ब्राउन सुगर सहित उनीहरूलाईज्ञ नियन्त्रणमा लिएको उनले बताए ।

उनका अनुसार गेस्ट हाउबाट ब्राउन सुगर बिक्री गरिरहेका अनुसार उनीहरूलाई नियन्त्रणमा लिएको हो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको