नेप्सेमा ३३.२९ अंकको वृद्धि, ७ अर्ब ४५ करोडको कारोबार

काठमाडौं, कार्तिक ११ गते ।

बुधबार नेप्से परिसूचक उच्च अंकले बढेको छ।

नेप्से ३३.२९ अंकले बढेर २६६४.०६ विन्दुमा बन्द भएको छ।

कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।

मंगलबार ५ अर्ब ७९ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन ७ अर्ब ४५ करोड रूपैयाँको कारोबार भएको छ।

यसदिन ३४८ वटा धितोपत्रको एक करोड ९३ लाख ९७ हजार ५४८ कित्ता सेयर किनबेच भएको हो।

बुधबार २४१ कम्पनीको सेयर मूल्य बढेको छ भने ३५ वटाको घटेको छ। यस्तै, ३ कम्पनी स्थिर छन्।

बेनी हाइड्रोपावरको मूल्य सर्वाधिक १५ प्रतिशतले बढेको छ।

उक्त कम्पनीको प्रतिकित्ता मूल्य ५३६ रूपैयाँ ७० पैसा पुगेको छ।

यस्तै, बुटवल पावरको मूल्य १०.६० प्रतिशतले बढेर प्रति कित्ता मूल्य ७१८ रूपैयाँ ९० पैसा कायम भएको छ।

यसदिन प्राइम डिबेन्चर २०८८ को मूल्य सर्वाधिक २.९६ प्रतिशतले घटेको छ।

उक्त डिबेन्चरको मूल्य एक हजार २२२ रूपैयाँ ७० पैसा पुगेको छ।

यसैगरी, गरिमा समृद्धि योजनाको मूल्य २.७५ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ९ रूपैयाँ २१ पैसामा सीमित भएको छ।

बुधबार लिबर्टी इनर्जीको सर्वाधिक कारोबार भएको छ।

उक्त कम्पनीको २५० रूपैयाँमा ३२ करोड ५० लाख रूपैयाँको कारोबार भएको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा २.८८ प्रतिशत बढेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा घलेम्दी हाइड्रो रहेको छ। उक्त कम्पनीको ३२६ रूपैयाँमा २८ करोड २६ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये व्यापार समूहको परिसूचक घटेको छ भने बाँकी १२ समूहको बढेको छ।

यसमध्ये जलविद्युत समूहको परिसूचक सर्वाधिक २.०६ प्रतिशतले बढेको छ। एभरेष्ट न्यूज एजेन्सी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको