बायर्न म्युनिखको फिफा क्लब विश्वकपमा लगातार दोस्रो जित

काठमाडौँ, असार ७ गते ।

बायर्न म्युनिखले जारी फिफा क्लब विश्वकप अन्तर्गत लगातार दोस्रो जित हासिल गरेको छ ।

शनिबार बिहान सम्पन्न खेलमा बायर्न म्युनिखले अर्जेन्टिनी क्लब बोका जुनियर्सलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

बायर्न म्युनिखका लागि ह्यारी केन र माइकल ओलीस एक एक गोल गरेका थिए । त्यस्तै बोका जुनियर्सका लागि मिगुएल मेरेन्टियलले एक गोल गरेका थिए ।

यो जितपछि बायर्न म्युनिखले लगातार दोस्रो जित हासिल गर्दै ६ अंकसहित शिर्ष स्थानमा रहेको छ । त्यस्तै बोका जुनियर्सको २ खेलमा एक अंकसहित तेस्रो स्थानमा रहेको छ । एभरेष्ट न्यूज एजेन्सी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको