नेपालमा आईआईटीको बाह्य शाखा स्थापना गर्ने मोदीको घोषणा

काठमाडौँ, मंसिर ७ गते ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा नयाँ उद्यम प्रवर्द्धन केन्द्र, नवप्रवर्तन केन्द्र र भारतीय प्रविधि संस्थान ९आईआईटी० को बाह्य शाखा स्थापना गर्ने घोषणा गरेका छन् ।

नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँगको संयुक्त पत्रकार सम्मेलनमा मोदीले नेपाली विद्यार्थीका लागि भारतमा कानुन र प्रविधि विषयमा छात्रवृत्तिका अवसरसमेत बढाउने बताएका छन् ।

त्यसैगरी, खाद्य प्रशोधन र कृषि उत्पादनको मूल्य अभिवृद्धिलाई प्रोत्साहन गर्न नेपालमा कृषि–औद्योगिक पार्क विकास गर्न भारतले सहयोग गर्ने उनले बताए ।

मोदीले भारतले लामो समयदेखि नेपाललाई पेट्रोलियम पदार्थसहित अन्य अत्यावश्यक वस्तुको भरपर्दो आपूर्तिकर्ताका रूपमा सहयोग गर्दै आएको उल्लेख गरे ।

भारतको छिमेकी पहिलो नीतिअनुसार यस वर्ष इन्धन आपूर्तिमा गम्भीर चुनौती हुँदाहुँदै पनि नेपालमा पेट्रोलियम पदार्थ, मल तथा अन्य अत्यावश्यक वस्तुको आपूर्ति निरन्तर कायम राखिएको उनले बताएका छन् । एभरेष्ट न्यूज एजेन्सी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको