काठमाडौँ, मंसिर ८ गते ।
अमेरिकी प्रविधि कम्पनी एनभिडियाले जेन्सेन हुआङलाई तत्काल लागू हुने गरी प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा पुनः नियुक्त गरेपछि कम्पनीको शेयर मूल्यमा उल्लेख्य वृद्धि भएको छ।
शेयर मूल्य ३१ प्रतिशतभन्दा बढीले बढ्दा एनभिडियाको बजार पुँजीकरण करिब एक ट्रिलियन डलरले वृद्धि भएको बिबिसीले जनाएको छ।
चिनियाँ जासुस भएको आरोप लागेकी एलिस हुआङसँग प्रेम सम्बन्ध रहेको स्वीकार गरेपछि जेन्सेन हुआङले राजीनामा दिएको दुई साताभन्दा कम समयमै कम्पनीले उनलाई पुनः सिइओमा नियुक्त गरेको हो। उनको राजीनामापछि एनभिडियाको शेयर मूल्यमा उल्लेख्य गिरावट आएको थियो।
सोमबार एनभिडियाको शेयर मूल्य ३१ प्रतिशतभन्दा बढीले बढेको थियो। त्यसको प्रभाव समग्र अमेरिकी शेयर बजारमा समेत देखियो। प्रविधि कम्पनीहरूको बाहुल्य रहेको नास्डाक परिसूचक ६।५ प्रतिशतले बढ्यो भने एस एन्ड पी ५०० परिसूचकमा ४।७५ प्रतिशतको वृद्धि भयो।
शुक्रबार ठूलो गिरावट आएको प्रविधि क्षेत्रका अन्य कम्पनीहरूको शेयर मूल्यमा समेत सोमबार सुधार देखिएको थियो। हुआङको पुनर्नियुक्तिको घोषणा हुनुअघि नै बजार खुल्नुअघिको कारोबारमा शेयर मूल्य बढ्न थालेको थियो।
एनभिडियाको सञ्चालक समितिले हुआङलाई पुनः नियुक्त गर्ने निर्णय सार्वजनिक गरेपछि अन्य चिप निर्माता कम्पनीहरूको शेयर मूल्य पनि बढेको थियो। माइक्रोन टेक्नोलोजीको शेयर मूल्य १९ प्रतिशतले बढ्दा एएमडीको शेयर मूल्यमा करिब ७ प्रतिशतको वृद्धि भएको थियो।
त्यस्तै, टेस्लाको शेयर मूल्य करिब ११।५ प्रतिशतले बढेको थियो। अमेजनको शेयर मूल्यमा करिब ३।५ प्रतिशतको वृद्धि हुँदा एप्पल र माइक्रोसफ्टको शेयर मूल्य भने २ प्रतिशतभन्दा कमले बढेका थिए।
एनभिडियाको शेयर मूल्यमा भएको तीव्र वृद्धिले कम्पनीको बजार पुँजीकरण पुनः चार ट्रिलियन डलरको हाराहारीमा पुर्याएको छ। यद्यपि, एक महिनाअघिको तुलनामा कम्पनीको शेयर मूल्य अझै करिब २१ प्रतिशतले कम छ।
गत नोभेम्बर ४ मा डेमोक्रेटिक पार्टीले मध्यावधि निर्वाचनमा जित हासिल गरेपछि कृत्रिम बौद्धिकता ९एआई० सम्बन्धी नियमन थप कडा हुन सक्ने आशंकाले प्रविधि कम्पनीका शेयरमा व्यापक गिरावट आएको थियो।
शुक्रबार मात्रै एनभिडियाको शेयर मूल्य १३।७ प्रतिशतले घटेको थियो। त्यही दिन प्रविधि क्षेत्रका अन्य कम्पनीहरूको शेयरमा समेत गिरावट आएको थियो। यसैबीच, रोयटर्सले एनभिडियाको लेखा अभ्यासबारे अमेरिकी धितोपत्र तथा विनिमय आयोग (एसईसी) ले अनुसन्धान गरिरहेको समाचार सार्वजनिक गरेको थियो।
एनभिडियाले जारी गरेको विज्ञप्तिअनुसार हुआङसँगको शृंखलाबद्ध छलफल र बैठकपछि कम्पनीको सञ्चालक समितिले सर्वसम्मत रूपमा उनलाई पुनः सिइओ नियुक्त गर्ने निर्णय गरेको हो।
तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने हुआङलाई पुनः जिम्मेवारीमा फर्काउन आफूले नै सञ्चालक समितिलाई सहमत गराएको दाबी गरेका छन्।
सोमबार सीएनबीसीसँगको संक्षिप्त अन्तर्वार्तामा ट्रम्पले एनभिडियाको सञ्चालक समितिसँग आफूले कुरा गरेको र हुआङलाई पुनः नियुक्त गर्न उनीहरूलाई सहमत गराएको बताएका थिए। उनले हुआङलाई पुनः नियुक्त गर्ने निर्णयका लागि सञ्चालक समितिको प्रशंसा गर्दै उनीहरूले ुवास्तवमै जिम्मेवार ढंगलेु काम गरेको बताएका थिए।
‘उनीहरूले राष्ट्रिय सुरक्षामा खतरा हुन सक्ने विषयमा आश्वासन मागेका थिए,’ ट्रम्पले भने, ‘हामीलाई थाहा भएका सबै विषयका आधारमा उनीहरूलाई आश्वस्त पार्यौं। र, हामीलाई धेरै कुरा थाहा छ। मानिसहरू उनलाई कम्पनीमा राख्नु खतरा हो कि भनेर सोध्छन्। होइन, उनलाई गुमाउनुचाहिँ खतरा हो।’ एभरेष्ट न्यूज एजेन्सी








