हावाहुरीले उडायो घर र विद्यालयका छाना

काठमाडौं, मंसिर ८ गते ।

गोरखामा गए रातिदेखि हावाहुरी चल्दा घर र विद्यालयका छाना उडाएको छ।

गए राति करिब २ बजेदेखि अहिलेसम्म पनि हावाहुरी चलिरहेको स्थानीयहरूले बताएका छन्।

धार्चे र चुमनुब्री गाउँपालिका क्षेत्रमा हावाहुरी चलेको हो। धार्चे ५ सिङ्लास्थित सिंहदेवी आधारभूत विद्यालयको छाना उडाएको छ।

शिक्षक सपना गुरूङका अनुसार हावाहुरीले विद्यालयको छाना उडाएको हो।

यस क्षेत्रका केही घर र गोठका छानासमेत हावाहुरीले उडाएको छ।

साथै चुमनुब्री ३ जगतका विशाल घलेका अनुसार गए रातिदेखि अहिलेसम्म पनि हावाहुरी चलिराखेको छ।

गत वर्ष मंसिरमा यस्तो हावाहुरी चल्दैनथ्यो।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको