प्रधानमन्त्री बालेन र रवि लामिछानेबीच पाँच घण्टा भेटवार्ता

काठमाडौं, मंसिर १० गते ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहबीच आज पाँच घण्टा लामो भेटवार्ता भएको छ।

सभापति लामिछानेको बूढानीलकण्ठस्थित निवासमा भएको भेटमा समसामयिक राजनीतिक विषय, सरकारका कामकारबाही र आगामी निर्वाचनको तयारीलगायत विषयमा छलफल भएको हो।

भेटमा प्रधानमन्त्री शाहले आफ्नो भारत भ्रमण र त्यसबाट प्राप्त उपलब्धिबारे सभापति लामिछानेलाई जानकारी गराएका थिए। साथै, आगामी निर्वाचन र त्यसको तयारीका विषयमा पनि दुवैबीच कुराकानी भएको बताइएको छ।

त्यसैगरी, पार्टीले सञ्चालन गर्न लागेको प्रशिक्षण अभियान, मन्त्री तथा मन्त्रालयका कामकारबाही र सरकारको समग्र कार्यसम्पादनका विषयमा छलफल भएको थियो।

भेटमा सरकारले ल्याउन लागेको अध्यादेश तथा आगामी संसद् अधिवेशनका विषयले पनि प्रवेश पाएको बताइएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको