गौशाला नगरपालिकाले ल्यायो १ अर्बको बजेट

पब्लिक सन्देश 
गौशाला, असार १० गते ।

महोत्तरीको गौशाला नगरपालिकाले एक अर्बभन्दा बढीको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको १४ औँ नगरसभामा नगरप्रमुख डा. दिपेन्द्र महतोले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि एक अर्ब एक लाख ५५ हजार ५०० रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् ।

संघीय सरकार अनुदानबाट ५० करोड २४ लाख, प्रदेश सरकार अनुदानबाट २ करोड ५५ लाख १७ हजार, राजश्व बाँडफाँडबाट २० करोड, ७ लाख ३८ हजार ३९२ र आन्तरिक स्रोतबाट २७ करोड १५ लाख १०८ रुपैयाँ गरी कुल १ अर्ब १ लाख ५५ हजार ५०० रुपैयाँको आय व्ययसहितको बजेट विनियोजन गरिएको नगरप्रमुख डा. महतोले बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको