काठमाडौँ, असार ११ गते ।
चेल्सी र फ्लामेन्गो जारी फिफा क्लब विश्वकपको नकआउट चरणमा पुगेका छन् ।
बुधबार बिहान सम्पन्न समुह डी का समुह चरणका अन्तिम खेलमा चेल्सीले इएस ट्युनिसलाई ३–० ले पराजित गर्यो भने फ्लामेन्गो लस एन्जल्स एफसीसँग १–१ गोलको बराबरीमा रोकियो ।
यी खेलपछि समुह डी मा फ्लामेन्गो ३ खेलमा ७ अंकसहित शिर्ष स्थानमा रहेर नकआउट चरणमा पुगेको छ भने चेल्सी ३ खेलमा ६ अंकसहित दोस्रो हुदै नकआउट चरणमा पुगेको छ ।
समुह डी बाट इएस ट्युनिस ३ खेलमा ३ अंकसहित तेस्रो र लस एन्जल्स ३ खेलमा एक अंकसहित चौथो हुदै प्रतियोगिताबाट बाहिरिएका छन् ।
अब नकआउट चरणमा चेल्सीको सामना पोर्चुगलको क्लब बेनिफिकासँग हुने भएको छ भने फ्लामेन्गोको सामना जर्मनीको च्याम्पियन बायर्न म्युनिखसँग हुने भएको छ । एभरेष्ट न्यूज एजेन्सी








