जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

धनकुटा, असार ११ गते ।

५० वर्षीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा धनकुटा नगरपालिका८ सान्ताङ बस्ने ५२ वर्षीय खड्ग बहादुर राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

खड्ग बहादुरले ती महिलालाई जबरजस्ती कारणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । एभरेष्ट न्यूज एजेन्सी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको