स्रोत नखुलेको सात लाख रकमसहित एक पक्राउ

काठमाडौँ, चैत २५ गते ।

प्रहरीले विराटनगरबाट स्रोत नखुलेको रकमसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विराटनगर महनगरपालिका(१५ का २४ वर्षीय रोहितकुमार साह रहेका छन्। वडा नम्बर ९ स्थित महेन्द्र चोकमा चेकजाँचको क्रममा सोमबार दिउँसो साहलाई रकमसहित फेला पारेर पक्राउ गरिएको मोरङका प्रहरी उपरीक्षक नारायण चिमरियाले बताए।

उनको साथबाट प्रहरीले ७ लाख १५ हजार रुपैयाँ बरामद गरेको छ। उनी रकम बोकेर हिँडिरहेका थिए।

स्रोत नखुलेको रकम हुण्डी कारोबारमा प्रयोग हुने गरेको छ। न्युज कारखाना


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको