जनकपुर : ज्वाइँले चक्कु प्रहार गर्दा ससुराको ज्यान गयो

पब्लिक सन्देश 
गौशाला, असार १८ गते ।

जनकपुरमा घरायसी विवादमा ज्वाइँले चक्कु प्रहार गर्दा ससुराको ज्यान गएको छ ।

प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका–१५ कुवारामपुर बस्ने ६५ वर्षीय बासुदेवप्रसाद विमलको ज्यान गएको छ । विमललाई उनकै ज्वाइँ जनकपुरधाम–२१ कुर्थाका ४८ वर्षीय बेचन महासेठले बुधवार बिहान पौने १० बजे घरमै चक्कु प्रहार गरेको धनुषा प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषा प्रहरीका प्रवक्ता डीएसपी बरुणबहादुर सिंहका अनुसार जग्गासम्बन्धी घरायसी विवादको कारण बेचनले ससुरालाई घरमै पुगेर चक्कु प्रहार गरेका थिए ।

पेटमा चक्कु प्रहार पछि गम्भीर घाइते भएका विमललाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा पुर्‍याइए पनि चिकित्सकले साढे १० बजे मृत घोषणा गरेका थिए ।

घटनापश्चात चक्कु प्रहार गर्ने ज्वाइँ बेचन फरार छन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको