अवैध लागूऔषध अफिम सहित एक जना पक्राउ

सुर्खेत, असार २६ गते ।

भेरीगंगा नगरपालिका–१० छिन्चु बजारबाट अवैध लागूऔषध अफिमसहित एकजना पक्राउ परेका छन् ।

अफिम जस्तो देखिने पदार्थ  करिब ५ किलो ५ सय ४० ग्राम सहित जाजरकोट जुनीचाँदे गाउँपालिका–१० सिर्पा बस्ने ४६ वर्षीय जय बहादुर बस्नेतलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको