बैंकिङ कसुर मुद्दाका अभियुक्त पक्राउ

काठमाडौँ, असार २७ गते ।

प्रहरीले ९० लाख बिगो रकम भएको बैंकिङ कसुर मुद्दाका एक जना अभियुक्तलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पर्साको वीरगञ्ज महानगरपालिका–२४ का २८ वर्षीय धर्मेन्द्रकुमार पटेललाई पक्राउ गरी आज सार्वजनिक गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपिलराज बोहराले जानकारी दिए ।

उनले भने, “वादी नेपाल सरकार प्रतिवादी निज पटेल भएको रु ९० लाख बिगो रकमको बैंकिङ कसुर मुद्दामा जिल्ला प्रहरी परिसर काठमाडौँ र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।” रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको