प्रतिनिधिसभाको बैठकमा दुई विधेयक पेस

काठमाडौँ, असार २९ गते ।

प्रतिनिधिसभाको आजको बैठकमा दुई वटा विधेयक पेस भएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकोसमेत कार्यभार सम्हाल्नुभएका उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२’ प्रस्तुत गर्नुभयो ।

यसैगरी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२’ प्रस्तुत गर्नुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको