आर्थिक सूचकाङ्क सकारात्मक : ओली

काठमाडौँ, असार ३० गते ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा सरकार सञ्चालनको एक वर्षमा मुलुकको आर्थिक सूचकाङ्कहरू सकारात्मक देखिएको बताएको छ ।

आज सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वमा रहेको बनेको सरकारले एक वर्ष पुग्न लाग्दा मुलुकको आर्थिक सूचकाङ्कहरू सकारात्मक देखिएको र विकासका राष्ट्रिय आयोजनाहरूको कामले गति लिएको बताएको छ ।

“हामी सरकारमा आएको एक वर्ष पुग्दैछ । यस बीचमा मुलुकको आर्थिक सूचकाङ्कहरू सकारात्मक देखिएका छन्भने विकासका राष्ट्रिय आयोजनाहरूको कामले गति लिएको छ,” प्रधानमन्त्री ओलीले लेखिएको छ, “टाइमलाइन तोकेर काम गर्ने र नतिजा खोज्ने प्रचलन यसअघि थिएन, अहिले त्यो सुरूआत भएको छ ।”

प्रधानमन्त्री ओलीले सरकार सञ्चालनको एक वर्षमा नागरिकको सेवा प्रवाहमा सरलता ल्याउन महत्त्वपूर्ण कानुनहरू संशोधन भएको जनाएको छ । उनले कानुन संशोधनले क्रमैसँग लाइन होइन अनलाइनबाट काम गर्ने प्रचलन बढ्दै गएको बताएको छ । “गर्नुपर्ने धेरै काम छन्, सरकारको ध्यान त्यसैमा केन्द्रित छ,” प्रधानमन्त्रीले लेखिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको