महोत्तरी, साउन २ गते ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीले नेपाली भूमि भारतको खिलापमा प्रयोग हुन नदिन सचेत हुनु पर्ने बताएका छन् ।
शुक्रबार, महोत्तरीको जलेश्वरमा नेपाल–भारत मैत्री संघद्वारा आयोजित सम्माअन तथा पुरस्कार वितरण कार्यक्रमका विशिष्ट अतिथी मन्त्री भण्डारीले बदलिदो भुराजनिती परिवेशमा अनेक किसिमको चलखेल भैरहेको तर्फ सचेत गराउदै नेपाल भारतबिच रहेको खुला सिमाको सुरक्षा गर्ने दायित्व दुबै देशको भएको बताएका हुन् ।
उनले नेपाल भारतको सम्बन्धलाई क्रोनोलोजीको बारेमा युवा पुस्तालाई जानकारी गराउन जरुरी रहेको जिकिर गर्दै नेपालको हरेक राजनीति परिवर्तनमा भारतले खेलेको योगदानको प्रशंसा गरे ।
मन्त्री भण्डारीलेले खुला सिमाको वारिपारी बसोबास गर्ने जनतालाई भविष्यमा कसैले दुरुपयोग गर्ने तर्फ सचेत हुनु पर्ने बताए । उनले नेपाल भारत सम्बन्धलाई अझै प्रगाढ बनाउन युवा पुस्तालाई जबसम्म जानकारी हुँदैन तबसम्म केही पनि नहुने उल्लेख गरे ।
नेपाल भारत सिमामा देखिएको समाधानका लागि दुबै पक्ष निरन्तरको सम्वाद र छलफल गरेर समाधान गर्न सकिने बिश्वास ब्यक्त गरे । उनले बद्लिदो अस्तित्वको सम्बन्धलाई सहअस्तित्वको रुपमा परिवर्तन गर्नु पर्ने आवश्यकता रहेको बताए ।
मन्त्री भण्डारीले श्रम मन्त्रालयको नेतृत्व सम्हालेको एक वर्ष ब्यतित भएको अबसर गरेका विभिन्न महत्त्वपूर्ण र ऐतिहासिक श्रममुखी कामहरुको बारेमा जानकारी गराए ।
कार्यक्रमका प्रमुख अतिथी लोकतान्त्रिक समाजबादी पार्टीका अध्यक्ष महन्त ठाकुरले नेपाल भारतबिच प्राचीन कालदेखि घनिष्ठ रहेको उल्लेख गरे ।
उनले नेपालका लागि भारत सबैभन्दा नजिकको निकटम छिमेकी रहेको जिकिर गर्दै दुई देशबिच जनस्तरमा अझै बलियो सम्बन्ध रहेको औंल्याए ।
‘नेपाल र भारतबिचको बहुआयामिक सम्बन्धलाई गतिशील बनाउन जरुरी छझ, उनले भने, ञप्रकृतिले पनि हाम्रो सम्बन्धलाई बलियो बनाएका छ्न । जिवन्त राख्नका लागि गतिशील र अगाडि बढाउन जरुरी छ ।’
नेता ठाकुरले आफ्नो अधिकारको लागि अझै पनि संघर्ष गरि रहेको बताए ।उनले अझै पनि शासक वर्गलाई जय मधेश पचाउन कठिए भएको अनुभव साझा गरे ।
अझै पनि आन्दोलनमा लागेका आफना पार्टीका नेता कार्यकर्ता झुठामा केही जेलमा त केही लुकेर बस्नु पर्ने दुखद् अवस्थामा निरन्तर संघर्षको बलमा उनिहरुलाई मुक्त गरिने उनले घोषणा गरे ।
उनले राजनीति पनि एउटा निहत्था युद्द भएको बताउँदैं अहिंसक ढंगले आफ्नो अधिकारका लागि लड्नु पर्ने कार्यकर्ता पंक्तिलाइ तयार रहन आव्हान गरे ।
उनले भने, ‘सहर्ष छोडे अस्तीत्व नै खतरामा पर्न सक्छ । निरन्तरको संघर्ष नै अधिकार प्राप्तिको एक मात्र बाटो हो ।’
एक अर्को प्रसङ्गमा नेता ठाकुरले पुर्वराजा प्रती इंगित गर्दै धर्मका बाजा बजाएर पुनः राजगद्दी प्राप्त हुन नसक्ने कटाक्ष गरे ।
कार्यक्रममा भारतिय दूतावास बिरगंजस्थित महाबाणिज्यदुतका कन्सुलेट जेनेरल देवी सहाय मिनाले नेपाल भारत सम्बन्ध आजबाट होइन अनाधिकालबाट चल्दै आएको बताए । नेपाल–भारतको सम्बन्ध अझै उच्च स्तरमा प्रगाढ बनाउदै अगाडि बढाउनु पर्नेमा उनले जोड दिए ।
नेपाल भारत मैत्री संघद्वारा देशब्यापी रुपमा नेपाल भारत मैत्री सम्बन्ध हिजो, आज र भोली विषयक निबन्ध प्रतियोगिताका प्रथम, द्वितीय र तृतीय भएका धनुषाका २४ जना तथा महोत्तरीका १८ जना माध्यमिक बिधालयका छात्रछात्रालाई साइकल, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो ।








