काभ्रे बस दुर्घटनामा २३ जना घाइते

काठमाडौँ , साउन ३ गते ।

काभ्रेको भुम्लु गाउँपालिका–८ स्थित पौवामा यात्रुवाहक बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन्।

शनिबार दिउँसो १२ः२० बजेतिर रामेछापको डोरखानीबाट काठमाडौँतर्फ आउँदै गरेको बा ३ ख ८४०८ नम्बरको बस सडकको भित्तामा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बसको ब्रेक फेल भइ नियन्त्रण गुमाउँदा भित्री सडक खण्डमा दुर्घटना भएको हो । बसमा ३२ जना सवार थिए।

घाइतेमध्ये केहीको अवस्था मध्यम र केहीको सामान्य रहेको छ। सबै घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ।

दुर्घटनापछि बस घटनास्थलमै रोकिएको छ भने चालकलाई दोलालघाट प्रहरी चौकीको नियन्त्रणमा लिइएको छ।

प्रहरीका अनुसार दुर्घटनाको थप अनुसन्धान भइरहेको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको