प्रधानमन्त्री ओलीद्वारा तराई–मधेसको सुक्खा क्षेत्रको अवलोकन

महोत्तरी, साउन ९ गते ।

प्रधानमन्त्री केपी शर्मा ओलीले तराई–मधेसको सुक्खाग्रस्त क्षेत्रको आज अवलोकन गरिएको छ ।

यही साउन ७ गते बसेको मन्त्रिपरिषद् बैठकले तीन महिनाका लागि मधेस–प्रदेशलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो । वर्षाका समयमा पानी नपरेसँगै किसानको धान रोपाइँ प्रभावित भएपछि समस्यालाई कसरी समाधान गर्ने भन्नेमा प्रधानमन्त्री ओलीले यसअघि सम्बन्धित मन्त्री, प्रदेश सरकार र उच्चाधिकारीसँग छलफल गरिएको थियो ।

प्रधामन्त्री ओली महोत्तरी र बाराका कार्यक्रममा पनि सहभागी हुनुहुनेछ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको