यु–१९ विश्वकप एसिया छनोटमा नेपालको लगातार तेस्रो जीत

काठमाडौं, वैशाख ३ गते ।

नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार तेस्रो जीत हासिल गरेको छ ।

बुधबार नेपालले मुलपानी माथिल्लो क्रिकेट मैदानमा हङकङविरुद्ध खेलमा ९ विकेटको सानदार जित निकालेको हो ।

हङकङले प्रस्तुत गरेको ११६ रनको लक्ष्य नेपालले जम्मा १२।३ ओभरमा १ विकेट गुमाउँदै पूरा गरेको हो । नेपालका लागि साहिल पटेलले अविजित ४२, कप्तान नरेन भट्टले अविजित ३९ र निरजकुमार यादवले २३ रन बनाएका छन् ।

हङकङका लागि एकमात्र विकेट सायन पुरीले लिएका हुन । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले ४६।२ ओभरमा सबै विकेट गुमाउँदै ११५ रनको योगफल तयार पारेको थियो ।

जितसँगै तीन खेलमा ६ अंक जोडेको नेपाल शीर्ष स्थानमा उक्लिएको छ भने लगातार दोस्रो हार बेहोरेको हङकङ अंकविहिन छ ।

यसअघि नेपालले युएईलाई डकवर्थ लुइस पद्धति ९डिएसएल० का आधारमा पाँच रन र ओमानलाई आठ विकेटले पराजित गरेको थियो भने हङकङ पहिलो खेलमा अफगानिस्तानसँग आठ विकेटले पराजित भएर नेपालसँग भिडन आएको हो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको