कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रकाशमान सिंहलाई

काठमाडौँ, भदौ १४ गते ।

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई दिइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्नुभएपछि उहाँको अनुपस्थितिमा सिंहलाई कार्यवाहकको जिम्मेवारी दिइएको हो ।

प्रधानमन्त्री ओलीको सिफारिसमा उहाँले गर्ने दैनिक प्रशासनिक कार्यका लागि सिंहलाई कार्यवाहक तोकिएको राष्ट्रपति कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको