महोत्तरीमा गाँजा सहित एक पक्राउ

एनके चौधरी 
गौशाला, चैत १८ गते ।

महोत्तरीमा प्रहरीले ठुलो मात्रामा अवैध लागुऔषध गाँजा सहित एक जनालाई नियन्त्रणमा लिएको छ । जिल्लाको बर्दिवास नगरपालिका–३ अस्थायी ट्राफिक प्रहरी पोष्ट गौरीडाँडा स्थित बिपि राजमार्ग सडक खण्डबाट सूचनाको आधारमा चेकजाँच गर्दा दुई सय पैत्तीस किलो छ सय ग्राम सहित एकजनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा जिल्ला मकवानपुर थाहा नगरपालिका वडा नं। ७, डाँडाबास बस्ने २७ वर्षिय कबिराज गोले रहेको छन् ।

सोमवार इलाका प्रहरी कार्यालय बर्दिवास र लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबास महोत्तरीबाट खटिएको संयुक्त प्रहरी टोलीले सिन्धुलीबाट बर्दिबास तर्फ आउदैँ गरेको बाग्मती प्रदेश–०१–००६ ख ५३७१ नम्वरको निलो रंगको मिनिट्रकलाई रोकी चेकजाँच गर्दा उक्त ट्रकको हुडमा फल्स बटम बनाई कालो त्रिपालले छोपी रातो रंगको प्लाष्टिकले र्‍याप गरी पहेलो रंगको टेप र डोरीले बाँधी लुकाई छिपाई राखिएको २० पोका लागू औषध गाँजा फेला परेको थियो ।

प्रहरीले अवैद्य लागु औषध गाँजा र मिनि ट्रक नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाइएको जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको