पब्लिक सन्देश
गौशाला, चैत २२ गते ।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रास्वपा सभापति रवि लामिछानेलाई थुनामा पठाउन आदेश गरेको छ ।
उच्च अदालतले जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै थुनामा पठाउने आदेश गरेको हो । जिल्ला अदालतले दिएको आदेशविरुद्ध उनीहरूले उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा पुनरावेदन निवेदन दिएका थिए ।
न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले रविलाई जिल्ला अदालत रुपन्देहीको बदर गर्दै थुनामा पठाउने आदेश जारी गरेको हो ।
यसअघि रुपन्देही जिल्ला अदालतले बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधको मुद्दामा रविलाई १ करोड धरौटीमा छाडेको थियो ।
यता, अदालतले रवि लामिछानेलाई थुनामा पठाउने अदालतले आदेश गरेसँगै पार्टीका नेताहरू छलफलमा जुटेका छन् ।
काठमाडौंमा उपलब्ध नेताहरू छलफलमा जुटेका छन् । सचिवालयका एक नेताका अनुसार, अबको रणनीतिबारे योजना बनाउनेगरी नेताहरू छलफलमा जुटेका हुन् ।
रास्वपाले भोलि चितवनमा जनयात्रा शुभारम्भ कार्यक्रम आयोजना गरेको थियो । उक्त सभालाई सम्बोधन गर्दै धेरै कुरा भन्ने लामिछानेले बताएका थिए ।








