कमल थापाले आज बोलाए कार्यसम्पादन समितिको बैठक

काठमाडौँ, चैत २५ गते ।

राप्रपा नेपाल कार्यसम्पादन समितिको बैठक बस्दैँछ ।

आज दिउँसो १ः३० बजे पार्टी केन्द्रीय कार्यालय सिफलमा बैठक बस्ने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

मुलुकमा विकसित भएको पछिल्लो  राजनितिक घटनाक्रम, आन्दोलनको तयारी र पार्टीको भुमिकाको बारेमा अध्यक्ष कमल थापाबाट कार्यसम्पादन समितिमा ‘ब्रीफिङ’ हुने बताईएको छ ।

तिनकुने घटना र सो घटनाको आधारमा पक्राउ परेकाहरुको रिहाईको बारेमा समेत छलफल हुनेछ । राप्रपा नेपालले तिनकुने घटनाको बारेमा निष्पक्ष छानबिन हुनुपर्ने र पक्राउ परेकाहरुलाइ रिहाई गर्नुपर्ने धारणा यस अघि नै सार्बजनिक गरिसकेको छ । न्इुज कारखाना


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको