काठमाडौँवाट ९ जना जुवाडे पक्राउ

काठमाडौँ, चैत २५ गते ।

काठमाडौँमा ९ जना जुवाडे पक्राउ परेका छन् ।

नागार्जुन नगरपालिका–१ रानीवन बस्ने देव बहादुर सुनारको घरमा जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५७ हजार ८ सय रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । न्युज कारखाना


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको