मुख्यमन्त्री कार्कीद्वारा सिरुवा पर्वको शुभकामना

विराटनगर, वैशाख २ गते ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सिरुवा पर्व २०८२ को सुखद् अवसरमा देशविदेशमा रहेका आम नागरिकमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरिएको छ ।

पर्वका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले यस प्रदेशमा आदिकालदेखि बस्दै आउनुभएका आदिवासी जनजातिले मनाउने यो पर्व कोशी प्रदेशको मात्र नभएर देशकै एउटा मौलिक पर्व हो भनिएको छ ।

सिरुवा पर्वलाई परिवर्तनको सङ्केतका रूपमा लिन पाइन्छ । यो समयमा गर्मी सुरु हुने र बढीभन्दा बढी पानी पर्ने मान्यताले गर्दा पानीका कारण शीतलता प्रदान हुन्छ भन्ने विश्वास रहेकाले यस पर्वलाई जुडशीतल पनि भनिन्छ । यो पर्वमा वैशाखभरि विभिन्न थानमा मेला लाग्ने भएकाले यसको अलग पहिचान र विशिष्टता रहेको मुख्यमन्त्री कार्कीद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ ।

सन्देशमा भनिएको छ, “नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक मुलुक हो । यही विविधताका बीचमा हुर्किएको सिरुवा पर्वले हामी सबैलाई सत्मार्गमा हिँड्दै समृद्धिको दिशामा अघि बढ्न प्रेरणा दिने छ । कोशी प्रदेश सरकारले नयाँ वर्षको सुखद् अवसरमा कोशी पर्यटन वर्ष २०८२ मनाउँदै गर्दा हाम्रा मौलिक पर्वहरूले आम नेपालीलाई मात्र नभई अन्य मुलुकका नागरिक एवं पर्यटकलाई समेत आकर्षित गर्ने विश्वास लिएका छौँ । हाम्रो देशमा भएका सांस्कृतिक र धार्मिक विविधताको संरक्षण र प्रवर्द्धन गर्न सके पर्यटन क्षेत्रको विकाससँगै रोजगारीका अवसर सृजना र समुन्नतिको मार्ग निर्माण गर्न टेवा पुग्ने छ । ”

कोशी प्रदेश सरकार हाम्रा मौलिक सांस्कृतिक पर्वहरूको संरक्षण र संवर्द्धन गर्दै सबै जातजाति, भाषाभाषी, संस्कृति र पहिचानलाई स्थापित गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरिएको छ । न्युज कारखाना


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको