काठमाडौं, मंसिर १० गते ।
बिहीबार छापावाल सुनको मूल्य १४ सय रूपैयाँले बढेको छ ।
बुधबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४१ हजार ४ सय रूपैयाँ कायम भएकोमा आज १ हजार ४ सय रूपैयाँले बढेर २ लाख ४२ हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, बुधबार चाँदीको मूल्य प्रतितोला ३ हजार ४० रूपैयाँ कायम भएकोमा आज ३५ रूपैयाँले बढेर ३ हजार ७५ रूपैयाँ कायम भएको छ ।








