आज नेपालले र अफगानिस्तानसँग भिडदैँ

काठमाडौं, वैशाख ६ गते ।

आज नेपालले अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।

आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा नेपालले आज अफगानिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

आजको सो खेल मुलपानीस्थित तल्लो क्रिकेट मैदानमा बिहान ९ः०० बजे देखी सुरू हुनेछ ।  यसअघि तीनवटा खेलमा लगातार जीत हासिल गरेको नेपाल आज चौथों जीतका लागि मैदानमा उत्रन लागेको हो ।

नेपालले पहिलो खेलमा  युएईलाई डकवर्थ लुईस पद्धति ९डिएलएस० का आधारमा ५ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा ओमानलाइ ८ विकेटले पराजित गर्दै दोस्रो जीत हासिल गरेको थियो ।

गत बुधबार भएको तेस्रो खेलमा हङकङविरुद्ध खेलमा ९ विकेटको सानदार जित निकालेर नेपाल आज अफगानिस्तानसँग भिडन आइपुगेको हो ।

लगातार तीन खेलमा जीत हासिल गरेको नेपाल ६ अंकसहित शीर्ष स्थानमा रहेको छ । यो सँगै यस चरणमा यो नेपालको अन्तिम खेल हुनेछ । न्युज कारखाना


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको