प्रेस चौतारीको नवनिर्वाचित केन्द्रिय समितिको बैठक सुरू

काठमाडौं, वैशाख १२ गते ।

प्रेस चौतारी नेपाल केन्द्रीय समितिको बैठक सुरु भएको छ।

संगठनका अध्यक्ष गणेश पाण्डेको अध्यक्षता तथा नेकपा एमालेका महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यतामा राष्ट्रिय प्रकृति संरक्षण कोषको सभा कक्ष ललितपुरमा बैठक सुरु भएको हो ।

बैठकको सुरुमा सञ्चारीका समूह तथा फोनिजमा निर्वाचित  पत्रकालाई बधाई तथा शुभकामना दिइएको छ । बैठकमा नयाँ निर्वाचित केन्द्रीय समितिका कार्ययोजना माथि छलफल गरी त्यस सम्बन्धी निर्णय हुने बताइएको छ ।

बैठकमा नेकपा एमाले जसनंगठन समन्वय प्रमुख भानुभक्त ढकाल, प्रेस चौतारी नेपालका इञ्चार्ज राजेन्द्र गौतम, निवर्तमान अध्यक्ष गणेश बस्नेत, पूर्वअध्यक्ष राजेन्द्र अर्याल, वरिष्ठ नेता विश्वमणि सुवेदी लगायतको सहभागिता रहेको छ । न्युज कारखाना


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको