बागमती प्रदेशसभाको अधिवेशन आह्वान

मकवानपुर, वैशाख २८ गते ।

बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभाको १६ औँ अधिवेशन आह्वान गरिएको छ ।

बागमती प्रदेश मन्त्रिपरिषद् बैठकको सिफारिसअनुसार आगामी जेठ ५ गते बिहान ११ः०० बजे बैठक बस्नेगरी आज उहाँले अधिवेशन आह्वान गरिएको हो ।

प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेशसभा बैठक आह्वान गर्नुभएको प्रदेश प्रमुखको सचिवालयका शाखा अधिकृत निशा न्यौपानेले जानकारी दिए ।

सोहीअनुसार प्रदेशसभा सचिवालयले तोकिएको समयमा सभामा उपस्थितिका लागि प्रदेशसभा सदस्यहरूलाई अनुरोध गरेको छ । प्रदेशसभा सचिव रामकुमार पौडेलले एक सूचना जारीगरी त्यस्तो जानकारी दिएको हो । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको