नेपाल बहराइनको खेल बर्षाले रोकियो

काठमाडौं, जेठ १ गते ।

आइसिसी महिला ट्वान्टी–२० विश्वकप एसिया छनोटमा जारी  नेपाल र बहराइनबीचको खेलमा वर्षाले रोकिन पुगेको छ।

थाइल्यान्डको बैङ्ककस्थित टेर्डथाई क्रिकेट मैदानमा बहराइन टस जितेर ब्याटिङ गरिरहेको बहराइनले १२।४ ओभरमा तीन विकेट गुमाउँदै ७६ रन बनाएको अवस्थानमा वर्षाका कारण खेल रोकिएको हो ।

खेल रोकिनु अघि जेनब फाज्ली ४ र अबिरा वारिस एक रन बनाएर खेलिरहेका थिए । यसैगरी रसिका रोड्रिगोले २४, कप्तान दिपिका रसांगिकाले २३ र थरंगा गजनायके १२ रन बनाएर पभेलियन फर्किएका हुन ।

नेपाललाई सुपर३ को सम्भावना जिवितै राख्न जितको विकल्प छैन ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको