तेल ट्यांकीमा आगलागी, करोडौंको क्षति

बाँके, कार्तिक ५ गते ।

बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया उद्योगको फर्नेस आयल ट्यांकीमा आगलागी हुँदा करिब एक करोड ५६ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

गएराती विद्युत् तारमा सर्ट सर्किट भएर ट्यांकीमा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खजुरा खुर्दबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।

दुई लाख लिटर क्षमताको उक्त ट्यांकीमा लागेको आगो नेपाल प्रहरी, स्थानीयवासी र दमकलको सहयोगमा बिहान करिब २ः३० बजे पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको