सहकारीको वार्षिकोत्सवमा रक्तदान

पब्लिक सन्देश 
गौशाला, जेठ १ गते ।

बर्दिबासस्थित बर्दिबास बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १४ औ वार्षिकोत्सवका अवसरमा रक्तदान गरेको छ ।

बिहीबार सहकारीकै सभाहलमा आयोजित कार्यक्रममा संस्थाका सेयर सदस्य र कर्मचारीसहितले वार्षिकोत्सवका अवसरमा २० प्रिन्ट रक्तदान गरेका हुन् ।

संस्थाको वार्षिकोत्सवका अवसरमा जनहितकारी रचनात्मक कार्यक्रम गर्न रक्तदान रोजिएको सहकारीका प्रबन्धक रमेशबहादुर सिंहले जानकारी दिनुभयो । रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बर्दिबास उपशाखाले प्राविधिक सहयोग गरेको हो ।

संस्थाले वार्षिकोत्सवकै अवसरमा बर्दिबास(२ बुद्धचोकस्थित जनजागृति राष्ट्रिय आधारभूत विद्यालय र बर्दिबास(१४ हटियास्थित राष्ट्रिय आधारभूत विद्यालयमा दुईर दुई थान विद्युतीय पङ्खा प्रदान गरेको छ । बढ्दो गर्मीमा संस्थाबाट प्राप्त पङ्खाले निकै राहत हुने दुबै विद्यालयका शिक्षकको प्रतिकृया छ ।

बर्दिबास वचत तथा ऋण सहकारी संस्था यस भेगमै उत्कृष्ट सहकारी मानिन्छ । मधेश प्रदेशमै उत्कृष्ट सहकारीका रुपमा यो सहकारी पुरस्कृत भइसकेको छ ।

बर्दिबासका सहकारी र वित्तीय संस्थाहरुमा विशेष समारोहका अवसरमा रक्तदानको संस्कृति बसेको रेडक्रस बर्दिबास उपशाखाले जनाएको छ । सहकारी संस्था र वित्तीय संस्थाहरुमा बढेको यो संस्कृतिले आम समुदायलाई पनि रक्तदान गर्न अभिप्रेरित गर्ने गरेको रेडक्रस बर्दिबास उपशाखाका सभापति भुवन खड्का बताउँछन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको