विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

काठमाडौँ, जेठ २ गते ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय भद्रपुर, झापाका सर्भेक्षक सुवासचन्द्र यादवका सन्दर्भमा विशेष अदालतले गरेको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

जग्गा कित्ताकाट गरी बाटो प्रमाणित गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग रु एक लाख २५ हजार बराबरको घुस लिँदै गरेका अवस्थामा आयोगको टोलीले यादवलाई पक्राउ गरेको थियो ।

सो मुद्दामा विशेष अदालतले २०८१ वैशाख २१ गते फैसला गरेको थियो । उक्त फैसला कानुन सम्मत नभएको दाबी गर्दै आयोगले आज सर्वोच्चमा पुनरावेदन गरेको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको