पब्लिक सन्देश 
गौशाला, जेठ ३ गते ।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ स्थित रम्दैयामा रहेको वाटरल्यान्ड पार्कमा झडपसँगै तोडफोड भएको छ ।

कक्षा १२ का परीक्षा दिएका विद्यार्थीहरूको लागि विशेष छुटमा पार्कले सुविधा दिने अवसर राखेको थियो ।

धेरै विद्यार्थीहरू एकैपटक गएपछि त्यहाँ पार्कमा नुहाउने विषयमा विवाद भएको हो । त्यसपछि झडप भएको छ ।

विद्यार्थीहरूले ढुङ्गामुढा समेत गरेका छन् ।

अहिले त्यहाँको स्थिति तनावग्रस्त छ । प्रहरीले स्थिति नियन्त्रणमा लिन प्रहरीले केही सेल असुर ग्यास समेत प्रहार गरेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको