ठूलो परिमाणमा सुन बरामद

काठमाडौं, जेठ ४ गते ।

रसुवामा ठूलो परिमाणमा सुन बरामद भएको छ ।

जिल्ला प्रहरी कार्यालय, रसुवाले तस्करीको सुन बरामद गरेको प्रहरी स्रोतले बतायो ।

सुन जोख्ने काम भइरहेको बताइएको छ । रसुवा प्रहरी प्रमुख हेमबहादुर शाहीले पनि सुन बरामद भएको पुष्टि गरेका छन् । तर, परिमाणबारे खुलाएनन् ।

पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सुन तस्करीप्रति प्रहरीका विभिन्न निकायको निगरानी बढिरहँदा उत्तरी नाकाबाट सुन आउने क्रम बढ्दो क्रममा छ ।

विमानस्थलमा वैदेशिक रोजगारीमा गएकाहरुलाई प्रयोग गरेर सानो परिमाणमा सुन ल्याएर संकलन गर्ने प्रवृत्ति छ भने उत्तरी नाकाबाट किलोमा तस्करी हुने गरेको छ । अनलाइनखबर


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको