एमालेमा धनुषा भोला यादव प्यानल निर्वाचित

पब्लिक सन्देश 
गौशाला, जेठ ९ गते ।

धनुषामा नेकपा एमालेको जिल्ला अध्यक्षमा भोला यादव नेतृत्वको प्यानल विजयी भएको छ । धनुषा जिल्ला कमिटीको ८ औँ अधिवेशनबाट अध्यक्ष पदमा यादव २०२ मत अन्तरले विजयी भएका हुन् । यादव ४०२ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी लक्ष्मीनारायण यादवले २ सय मत प्राप्त गरे ।

रघुवीर महासेठ निकट भोला हुन् भने लक्ष्मीनारायण केन्द्रीय सदस्य उमाशंकर अरगरिया र सभामुख रामचन्द्र मण्डल निकट मानिन्छन् ।

यस्तै, उपाध्यक्ष तेजनारायण यादव ४३० मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्दी जयप्रकाश सुनरैतले १६० मत पाए ।

यस्तै सचिव पदमा दीपनारायण ठाकुरले ३६५ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी धिरेन्द्र मण्डलले २२५ मत प्राप्त गरे ।

उपसचिव पदमा सबिन विक्रम थापा र रुका कुमारी मिश्र तथा लेखा समिति संयोजक पदमा वीरेन्द्रलाल कर्ण विजयी भए ।

गत वैशाख २० गते नै जिल्ला अधिवेशनको एमालेका केन्द्रीय उपाध्यक्ष ईश्वर पोखरेलले उद्घाटन गरेका थिए । २२ गते राति निर्वाचनका लागि मनोनयन दर्ता भएको थियो । तर उम्मेदवारको आन्तिम नामावली प्रकाशनलाई लिएर विवाद भएको थियो । त्यस क्रममा वैशाख २३ गते दिनभर दुईपक्षबीच तनाव र पटक–पटक झडप तथा कुटाकुट भएको थियो । झडपमा पाँचजना घाइते भएका थिए । त्यसपछि मतदान स्थगित भएको थियो ।

बुधबार भएको मतदानमा जिल्लाको १३५ सदस्य कार्यसमिति चयनका लागि ६२८ जना प्रतिनिधिले भाग लिएका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको