जुन्को तावेइको सगरमाथा आरोहणको स्मरण

काठमाडौँ, जेठ १० गते ।

नेपालका लागि जापानी राजदूत माइदा तोरुले आधा शताब्दीअघि विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने पहिलो महिला जुन्को ताबेईका सम्मानमा शुक्रबार ताहाचलस्थित आफ्नो निवासमा स्मरणार्थ कार्यक्रम को आयोजना गर्नुभयो । सो अवसरमा पहिलो महिलाको रूपमा सगरमाथा आरोहण गरेको कुरालाई झल्काउँदै राजदूत तोरुले ताबेईलगायत जापानी पर्वतारोहण टोलीको उपलब्धिलाई स्मरण गर्नुभयो ।

ताबेईलाई नेपालका असल साथीहरूले सधैं समर्थन गरेको उनले उल्लेख गर्नुएभयो । राजदूत तोरुले नेपालको भव्य र मनमोहक प्राकृतिक सौन्दर्यले भरिपूर्ण पर्वतारोही र सम्बन्धित व्यक्तिलगायत व्यक्तिगत÷तल्लो तहमा यी मित्रता र आदानप्रदानले जापान र नेपालबीचको सुमधुर सम्बन्धलाई बलियो बनाएको पनि बताए ।

ताबेईसँग सम्बन्ध भएका पर्वतारोहणलगायत अन्य क्षेत्रका विभिन्न पेशा व्यवसायका धेरै व्यक्ति कार्यक्रममा उपस्थित थिए । नेपाल पर्वतारोहण सङ्घका पूर्व अध्यक्ष आङ छिरिङ शेर्पाले नेपालको साहसिक पर्यटन खासगरी पर्वतीय पर्यटको विकासमा ताबेइको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो । उनले ५० वर्षअघि ताबेईको ऐतिहासिक आरोहणका क्रममा शेर्पा नेताको रूपमा काम गर्नुभएको थियो । छिरिङले ताबेई र आफू अन्ततःसगरमाथा पुग्दाको क्षणको बारेमा अनुभव साझा गर्नुभयो । नेपाल सङ्ग्रहालय सङ्घकी अध्यक्ष लक्पाफुटी शेर्पाले आरोहण अनुभव आदन प्रदान गर्नुभयो ।

मे ९, १९५६ मा, तोसियो इमानिशी माउन्ट मनास्लुको पहिलो आरोहण गर्नुभएको थियो । मे ११, १९७० मा, नाओमी उमुरा, सगरमाथा आरोहण गर्ने पहिलो जापानी हुनुहुन्छ । यस्तै मे १९, २०१२ मा ७३ वर्षको उमेरमा सगरमाथा आरोहण गर्ने सबैभन्दा वृद्ध महिला तामाई वातानाबे यसअघि ६३ वर्षको उमेरमा कीर्तिमान बनाएको थियो ।

मे २३, २०१३ मा ८० वर्षको उमेरमा सगरमाथा आरोहण गर्ने सबैभन्दा वृद्ध व्यक्ति युइचिरो मिउरा, मे २६, २०१२ मा हिरोताका ताकेउची आरोहण धौलागिरी, ८००० भन्दा माथिका १४ चुचुरो आरोहण गर्ने पहिलो जापानी रहेको दूतावाको विज्ञप्तिमा जनाइएको छ ।

५०औँ वार्षिकोत्सवको सम्झनामा ताबेईको वास्तविक जीवनको कथामा आधारित चलचित्र यो शरद ऋतुमा जापानमा रिलिज हुने योजना रहेको छ । कार्यक्रममा पर्यतीय पर्यटनसँग आवद्ध प्रतिष्ठित व्यक्तित्व, सञ्चारकर्मी, दूतावासका कर्मचारीलगायतको उपस्थिति थियो । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको