सरु लामा
बर्दिवास, जेठ १० गते ।
धनुषामा मकै लोड गरिएको ट्रक अनियन्त्रित भएर दुर्घटना परेको छ ।
शनिवार पूर्व–पश्चिम राजमार्ग अन्तरगत धनुषाको मिथिला नगरपालिका–१० स्थित लालगढमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना६ख ७१३ नम्बरको ट्रक अनियन्त्रित भई पल्टिएको हो ।
लालगढ प्रहरी चौकीले दिएको जनकारी अनुसार दुर्घटनामा परेका ट्रक चालक पर्सा जिल्ला, जगन्नाथपुर गाउँपालिका–६ का ३३ वर्षीय छोटु प्रसाद पटेल सुरक्षित रहेका छन् ।
ट्रक दुर्घटनामा मानवीय क्षति नभए पनि ट्रकको बायाँ भागमा क्षति पुगेको छ।
दुर्घटनापछि ट्रकका चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको र ट्रकमा लोड गरिएको मकै अर्को ट्रकमा लोड गर्ने कार्य भइरहेको लालगढ प्रहरी चौकीका प्रमुख उज्ज्वल अधिकारीले जानकारी दिएका छन् ।








