सगरमाथा आरोहण गरेकी प्रनानी शेर्पालाई दज्र्यानी चिह्न

काठमाडौँ, जेठ ११ गते ।

प्रहरी महानिरीक्षक दीपक थापाले सगरमाथाको सफल आरोहण गर्नुभएकी प्रहरी नायब निरीक्षक कुञ्जाङ छोपेल शेर्पालाई दज्र्यानी चिह्न प्रदान गरेको छ ।

प्रहरी प्रधान कार्यालयमा आईतवार आयोजित कार्यक्रममा उनले प्रहरी सहायक निरीक्षकबाट प्रहरी नायब निरीक्षक पदमा विशेष बढुवा भएकी शेर्पालाई दज्र्यानी चिह्न प्रदान गरेको हो ।

यही जेठ ६ गतेको नीति निर्माण समिति (पिसिसी) बैठकले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरी सङ्गठनको गौरव बढाउन सफल भएको भन्दै शेर्पालाई विशेष बढुवा प्रदान गर्ने निर्णय गरेको थियो । सो अवसरमा प्रहरी महानिरीक्षक थापाले अदम्य साहसका साथ विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरी उनले प्रहरी सङ्गठनको श्रीवृद्धिका लागि गरेको कार्यको प्रशंसा गरे ।

प्रहरी सङ्गठनको प्रतिनिधित्व गर्दै प्रनानी शेर्पाले यही जेठ ५ गते सोमबार बिहान ८ः५६ बजे सगरमाथाको सफलतापूर्वक आरोहण गरेको थियो । उनले सगरमाथा शिखरबाट नेपालको राष्ट्रिय झण्डा, नेपाल प्रहरीको झण्डा तथा ‘महिला र बालिकाविरूद्ध हुने हिंसा अन्त्य गर्न एकजुट हौँ’ भन्ने नारासहितको ब्यानर फहराएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको