बाटोमा ढुङ्गा खस्दा एक जनाको मृत्यु, एक घाइते

दार्चुला, जेठ १४ गते ।

नौगाड गाउँपालिका–६ धुलिगडाबाट बझाङतर्फ पैदलयात्रा गरिरहेका ७० वर्षीय कालु जोशीको ढुङ्गाले लागेर मृत्यु भएको छ । उनको आज बिहान मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक छत्र रावतका अनुसार जोशीको घटनास्थलमै मृत्यु भएको हो बाटोमा हिँडिरहेका उनिमाथि रतपडे भन्ने ठाउँमा माथिबाट खसेको ढुङ्गा लागेको हो । ढुङ्गाले लागेर नौगाड गाउँपालिका–६ धुलिगडाका ४५ वर्षीय प्रताप धामी घाइते भएको छ । उनलाई उद्धार गरेर गोकुलेश्वर अस्पताल पठाइएको छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको