काठमाडौं, जेठ १९ गते ।
मधेस प्रदेशको राजधानी जनकपुरमा दुई दिने थारु अन्तर्राष्ट्रिय सम्मेलनमा सुरू भएको छ ।
सोमबार जनकपुरको महेन्द्रनारायण निधि साँस्कृतिक भवनमा अन्तर्राष्ट्रिय सम्मेलन सुरू भएको हो ।
सम्मेलनमा नेपालका र भारतका थारूहरूको उल्लेख्य सहभागिता रहेको छ । सम्मेलनमा भारतका उत्तर प्रदेश, विहार र उत्तराखण्डबाट करिब ३ सय र नेपालबाट करिब ५ सय थारूहरूको सहभागिता रहेको छ ।
ुमिलेर हामी धेरै कुरा पाउन सक्छौुं मूल नारा राखिएको सम्मेलनमा दुई देशका थारू अगुवाहरूले थारु समुदायको हकहित र दुई देशबीचको आपसी हितका विषयमा छलफल गर्ने आयोजकले जनाएको छ । अन्नपूर्ण








