महोत्तरी, जेठ २९ गते ।
महोत्तरीका सुनचाँदी व्यवसायीहरुले सरकारले हालै बजेट मार्फत सुनचाँदी तथा रत्नयुक्त गहना व्यसायमा लागाएको थप करको नीति सरकारले फिर्ता लिनुपर्ने माग गरेको छ ।
नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका उपाध्यक्ष सुधीर अग्रवाका अनुसार सरकारले आ।व। २०८१/८२ को बजेटमार्फत सुनचाँदी तथा रत्नयुक्त गहना व्यवसायमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर र २ प्रतिशत विलासिता कर थप गरी कुल १५५ सम्मको अतिरिक्त करको व्यवस्था गरेको छ।
यहि नीतिमाथि पुनःविचार गर्न माग गरेका हुन् । व्यसायीहरुले सुनचाँदी व्यवसाय निर्देशिका तत्काल जारी गर्ने सरकार संग माग गएको छ ।
नेपाल सुनचाँदी व्यवसायी संघ महोत्तरीका अध्यक्ष शम्भु प्रसाद साहले गहना व्यवसाय सधैं देशको संस्कार, परम्परा, चाडपर्व, विवाह तथा सामाजिक कार्यहरूसँग गहिरो रूपमा गाँसिएको छ। यस्तो पवित्र र ऐतिहासिक व्यवसायमा लादिएको यो कर नीतिले उपभोक्ता, व्यवसायी र बजार सबैमाथि नकारात्मक असर पारेको छ।
सरकारले ल्याएको नयाँ कर संरचनाले पार्ने प्रत्यक्ष असरहरू बारे व्यसायीहरुले यसरी अवाज उठाएका छन् :
-गहना अत्यधिक महँगो भएकाले उपभोक्ता प्रभावित छन्।
-व्यवस्थित व्यवसायीहरू संकटमा परेका छन्।
-तस्करी र अवैध कारोबारलाई प्रोत्साहन मिलेको छ।
-राजस्व संकलनमा समेत दीर्घकालीन असर पर्नेछ।
त्यसैले, हामी निम्न छ प्रमुख मागहरू राख्दछौं:
-२ प्रतिशत विलासिता कर खारेज गरियोस्।
-३ प्रतिशत ख्ब्त् पुनरावलोकन गरी व्यवसायअनुकूल बनाइयोस्।
-द्यगथ द्यबअप न्गबचबलतभभ प्रणालीमा कर छुट दिइयोस्।
-टेक्निकल तालिम, प्रमाणीकरण र परीक्षण प्रयोगशालाको सुविधा दिइयोस्।
-परम्परागत हस्तकलामा कर दर घटाइ प्रोत्साहन गरियोस्।
-दीर्घकालीन नीतिगत स्थिरता सुनिश्चित गरियोस् ।








