राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ, असार १२ गते ।

राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाका पूर्वसदस्य एवं पूर्वमन्त्री राजेन्द्र खरेलको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।

आजको बैठकमा राष्ट्रियसभाका सचिव तुलबहादुर कँडेलले ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश टेबुल गर्नुभएको छ । बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा जानकारी गराउनुभयो ।

राष्ट्रियसभाको अर्को बैठक यही असार १५ गते मध्याह्न १२ः१५ बजे मा बस्नेछ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको