बोल्ने र लेख्ने अधिकारमाथि हस्तक्षेप गर्न हुँदैन : लिङ्देन

काठमाडौँ, जेठ ३० गते ।

प्रतिनिधिसभा बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले सरकारले मानिसको बोल्न पाउने, लेख्न पाउने अधिकारमाथि हस्तक्षेप गर्न नहुने बताए ।

प्रतिनिधिसभाको बैठकमा सांसद लिङ्देनले बोलेको र लेखेकै आधारमा मानिसलाई पूर्जी काट्ने काम गरेकोप्रति विरोध गर्दै यस प्रकारको कामबाट सरकारलाई पछाडि हट्न आग्रह गर्नुभयो ।

उनले शान्तिपूर्ण आन्दोलन एक घटकका कमल थापालाई पक्राउ गरिएको सम्बन्धमा भेट्न गएका दीपकबहादुर सिंहलाई प्रहरीले नियन्त्रण गर्नु संविधानविपरीत भएको बता्रए ।

सांसद लिङ्देनले देशमा रोजगारी नपाएर अवसरको खोजीमा जानेलाई दैनिक रु ५० हजार माथिल्लो तहले लिने गरेको कुरा सार्वजनिक भएको र यो देशको बेइज्जतीको कुरा भएको बताए । उनले गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिई अख्तियारलाई स्वतन्त्रपूर्वक राजनीतिक क्षेत्रको पनि अनुसन्धान गर्नुपर्र्नेमा माग गर्नुभयो ।

सांसद मनिष झाले भिजिट भिसा प्रकरण र अध्यागनका कर्मचारी विकृतिका विषयमा गृहमन्त्रीलाई जानकारी नभएको नभए किन कर्मचारीलाई सरुवा गरिएको भन्ने प्रश्न उठाए । उनले यो प्रकरणको सरकारले चित्तबुझ्दो उत्तर नदिएसम्म आफूहरूलाई सैह्य नहुने बताए । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको