लुम्बिनी, सुदूरपश्चिम र मधेश प्रदेशको बजेट भोलि प्रस्तुत हुने

द पब्लिक टुडे 
गौशाला, जेठ ३१ गते ।

लुम्बिनी, सुदूरपश्चिम र मधेश प्रदेश सरकारले भोली आगामी आर्थिक वर्ष २०८२र०८३ का लागि बजेट प्रस्तुत गर्दै छन् ।

नेपालको संविधानले असार १ गते सातै प्रदेशका सरकारले आ(आफ्नो वार्षिक बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था गरे अनुसार आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्ने भएका छन् ।

यसैक्रममा लुम्बिनी प्रदेश सरकारले प्रदेश सभाको भोली दिउँसो ३ बजे बस्ने बैठकमा बजेट प्रस्तुत हुने प्रदेश सभा सचिवालयले जनाएको छ ।

यसैगरी सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभाको भोली अपराह्न ५ बजे बस्ने बैठकमा आर्थिक वर्ष २०८२र८३ को बजेट प्रदेश सभामा प्रस्तुत हुने प्रदेश सभा सचिवालयले जनाएको छ ।

यस्तै मधेश प्रदेश सरकारले प्रदेश सभाको भोली दिउँसो ४ बजे बस्ने बैठकमा आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत हुने प्रदेश सभाका सचिव वासुप्रसाद कोइरालाले जानकारी दिए । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको